Home मुख्य समाचार साइकलबाट लड्दा दक्षमानको मृत्यु

साइकलबाट लड्दा दक्षमानको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौंडाः नुवाकोट जिल्लाको विदुर नगरपालिका–७, सानोगाउँमा साइकल अनियन्त्रित भई लड्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साहुगाउँ का ६० वर्षीय दक्षमान तामाङ रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

सोमबार दिउँसो १२ बजेको समयमा साइकलमा साहुगाँउबाट सानोगाउँ जाने क्रममा भित्रि कच्ची सडकखण्डमा साइकल आफैं अनियन्त्रित भई सडकबाट ५ मिटर तल खस्दा दक्षमानको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

Exit mobile version