हेटौँडा : बुद्ध जयन्तीको अवसरमा हेटौँडामा भएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । हेटौँडा–१, चौकीटोलस्थित प्रज्ञा महाविहारमा २५७०औं बुद्ध जयन्तीको अवसरमा बिहिबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
प्रज्ञा महाविहारले बुद्ध जयन्तीको अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रम गर्ने गरेको छ । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । सोमबार सशस्त्र प्रहरी बलले पनि रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।
