हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आज शनिबार विभागीय टोली एपीएफ क्लब र चित्लाङ फुटबल क्लब काठमाडौं भिड्दैछ । खेल दिउँसो ३ः३० बजेदेखि बागमती–४ स्थित सहित स्मृति रङ्गशालामा हुनेछ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो । यसअघि शुक्रबार भएको खेलमा सिमराको नव जनजागृति युवा क्लबले त्रिभुवन आर्मी क्लब काठमाडौंलाई पराजित गरेको थियो । प्रतियोगिताको फाइनल खेलमा बैशाख २६ गते हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा आयोजकसहित १० वटा टिमको सहभागिता रहेको छ ।
