हेटौंडा अस्पताललाई शिक्षण अस्पताल बनाउन प्रदेश सभा सदस्यलाई ज्ञापनपत्र बुझाउदैको तस्वरि ।

हेटौंडाः मकवानपुरमा रहेको हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न माग गरिएको छ । आइतबार नेपाली कांग्र्रेस मकवानपुर, नेकपा माओवादी केन्द्र मकवानपुर र नेपाल एकीकृत समाजवादी मकवानपुरले संयुक्त रुपमा बागमती प्रदेश सरकारका मन्त्री र प्रदेश सभा सदस्यलाई ज्ञापनपत्र बुझाएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले भौतिक संरचना निर्माण गरिरहेको उल्लेख गर्दै आउँदो दिनमा प्रतिष्ठान सञ्चालनमा समस्याहरु आउने देखिएकाले हेटौंडा उपमहानगरपालिका–१९ लेवटमा १०० वा १२५ विगाह जमिन लिएर सबै संरचना एकै ठाउँमा निर्माण गर्दा उपयुक्त हुने सुझाव समेत मागपत्रमा उल्लेख गरिएको छ । यस्तै बागमती प्रदेश सरकार तथा प्रदेश सभा सदस्यलाई प्रतिष्ठानलाई आवश्यकता अनुरूपको बजेट छुट्याई छिटो पूर्णता दिनका लागि पनि ध्यानाकर्षण गराएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आप्mनो अस्पताल सञ्चालनमा नआएसम्म हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाएको छ । यो पूर्णरुपमा सञ्चालनमा आउँदा ५०० वेडको अस्पताल आवश्यक पर्ने उल्लेख गर्दै त्यसको व्यवस्थापनका लागि उच्च विज्ञ चिकित्सक आवश्यक हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । हालको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐनलाई विस्थापित गरेर दुवैको फरक लक्ष्य उद्देश्य पूरा गर्न प्रतिष्ठानले छुट्टै ऐन ल्याई अगाडि बढ्न माग गरिएको हो ।