हेटौंडाः उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार बेलुका हेटौंडा आउनुभएको छ । सोमबार मकवानपुरबाट प्रसारित रेडियो सन्देश १०६.९ मेगाहर्ज, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको संयुक्त वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन गृहमन्त्री श्रेष्ठ हेटौंडा आउनुभएको हो ।
गृहमन्त्री श्रेष्ठले रेडियो सन्देश, थाहा नेपाल डटकम र निकास साप्ताहिकको सयुक्त वार्षिकोत्सव कार्यक्रमपछि १२ बजे अगुवा कार्यकर्ता भेला र २ बजे हेटौंडा जेसीजको आयोजनामा ‘पब्लिक स्पिकिङ प्रतियोगिता’ कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।