हेटौंडाः मकवानपुरमा आइतबार ११ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार आइतबार ११ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
११ जनामध्ये ६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै, मनहरी गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका १–१ जनामा डेंगु पुष्टि भएको छ । एकजना अन्य जिल्लाको बासिन्दामा डेंगु संक्रमण पुष्टि भएको हो ।
साउनयता मकवानपुरमा ५ सय ५८ जनामा डेंगु पुष्टि भइसकेको छ । ५ सय ५८ जनामध्ये हेटौडा उपमहानगरपालिकाका ३ सय ८३ जनामा डेंगु संक्रमण भएको छ ।