गुगल तस्विर ।

हेटौँडाः काभ्रे जिल्लाको बनेपा नगरपालिका–११, आईटीपार्कमा मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय कैलाश थापा रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

शनिबार बिहान ८ बजेर ३० मिनेटको समयमा पनौतीबाट बनेपा जाँदै गरेको बा प्र ०२–००७–प २९७८ नम्बरको मोटरसाइकलले थापालाई ठक्कर दिँदा घाईते भएका थिए । घाइते थापालाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल काठमाडौं थियो । थापाको उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।