गुगल तस्विर

हेटौंडाः मकवानपुर जिल्लामा शुक्रबार १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरले शुक्रबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार डेंगु संक्रमण पुष्टि हुनेमा १२ जना हेटौंडा उपमहानगरपालिकाका छन् । मनहरी गाउँपालिकाका ४ जना र भीमफेदी गाउँपालिकाका एकजनामा डेंगु संक्रमण पुष्टि भएको छ । साउन महिनायता मकवानपुरमा ५ सय ४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।