गुगल तस्विर

हेटौंडाः मकवानपुरमा थप १६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार ११ जना हेटौँडा उपमहानगर क्षेत्रका व्यक्ति संक्रमित भएका छन् भने ४ जना मनहरी गाउँपालिका र एकजना मकवानपुरगढी गाउँपालिकाका छन् ।

साउनयता मकवानपुरमा ५ सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ५ सय ८ जनामध्ये हेटौंडा उपमहानगरपालिकामा मात्र ३ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।