हेटौँडाः कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जिल्ला कारागार चितवनमा कैद सजाय भोगिरहेका एक भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतको नरकटीयापुरी–२ घर भई हाल चितवन जिल्लाको माडी नगरपालिका–३ बस्ने ३६ वर्षीय जुगेश्वर महत्तो (गुरौ) को आइतबार साँझ मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । भदौ ११ गतेदेखि भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गरिरहेका जुगेश्वरको सोमबार साँझ मृत्यु भएको हो ।
