हेटौंडाः मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३, मुर्तिया बस्ने ३८ वर्षीय दुर्गा बहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार राति ८ बजेर ५० मिनेटको समयमा हेटौंडा–१०, टि सि एन रोड बस्ने अशोक कुमार सिंहको आफ्नै घर अगाडि पार्किङ गरी राखेको अवस्थामा बा. प्र. ०३–००१ प ३४५९ नम्वरको १५५ सिसिको एम टी १५ मोटरसाईकल चोरी भएको भनि प्रहरी कार्यालयमा निवेदन पेश भएको थियो ।
प्रहरीले खोजतलास गर्ने क्रममा शनिबार राति ८ बजेको समयमा हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा मोटरसाईकल नियन्त्रणमा लिएको हो । स्याङतानलाई कारवाही तथा अनुसन्धानको लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।











