हेटौंडाः हेटौंडा फुटसल स्पोर्टस् सेन्टरको आयोजनामा शुक्रबारबाट खुला फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता आज शनिबार समापन हुँदैछ ।
प्रतियोगिताको पहिलो खेलमा चाइना पब्लिक क्लब विजयी भएको छ । कमलडाँडा फुटसल मैदानमा भएको खेलमा नागस्वती क्लबलाई ६–३ गोलले पराजित गर्दै चाइना पब्लिक क्लब विजयी भएको हो । दोस्रो खेलमा भूटनदेवी एफसीले लियो राइजिङलाई ३–० गोलले पराजित गरेको छ । प्रतियोगिताको तेस्रो खेलमा कर्रा ‘बी’ले एफसी इन्टरनेटलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । चौथो खेलमा कर्रा ‘ए’ले नवमिलनलाई ४–१ ले गोलले पराजित गरेको छ । यस्तै, पाँचौँ खेलमा हेटौंडा एकेडेमीले पशुपति क्लबलाई ३–१ गोलले पराजित ग¥यो भने छैटौँ खेलमा गढी स्टार स्पोर्टस्ले नागस्वती क्लबलाई २–१ गोलले पराजित ग¥यो । चौकीटोल क्लब र केबी इन्जिनियरिङबीच भएको खेलमा ४–३ गोल अन्तरले चौकीटोल क्लब विजयी भएको छ । यस्तै, फरेष्ट्री क्लबले टेक्लाइटलाई ५–१ गोलले हरायो ।
हेटौंडा फुटसलका सञ्चालक डा. यम सिलवालको सभाध्यक्षतामा भएको प्रतियोगिताका उद्घाटनमा हेटौंडा उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य थियो । कार्यक्रममा विशिष्ट अतिथि मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष बेस खड्गी, अतिथिहरुमा समितिका कार्यालय प्रमुख माधव कोइराला, राजु बिष्ट, ज्ञानु क्षेत्रीलगायत हुनुहुन्थ्यो । कार्यक्रममा सहभागी टिमका खेलाडीहरु, अफिसियल, खेलप्रेमीहरुको उपस्थिति थियो । प्रतियोगितामा ३२ वटा टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा उपाधि विजेता टिमले ३० हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।