प्रेस विज्ञाप्ती

हेटौंडास् देशैभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएको समयमा विद्यालयमा पठनपाठन रोकिएको छ । विद्यार्थीको पढ्न पाउने अधिकार वञ्चित नहोस् भन्दै हेटौंडा उपमहानगरपालिकाले विद्यालयमा नियमित पठनपाठन गराउन अनुरोध गरेको छ।

बुधबारदेखि सुरु भएको शिक्षक आन्दोलनले देशैभरका विद्यालयहरु बन्द छन्। नेपाल सरकारद्वारा संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयक(२०८० प्रति शिक्षकहरुले असहमति जनाउँदै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। आन्दोलनका कारण सरकारी विद्यालयहरु बन्द रहेको र शिक्षक विद्यार्थी दुबैले न्याय नपाएको भन्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले शुक्रबार प्रेस विज्ञाप्ती जारी गर्दै विद्यालय नियमित सन्चालन गर्न आग्रह गर्नुभएको छ।

शिक्षकहरूको जायज माग नेपाल सरकारले पूरा गरिदिनु हेटौंडा उपमहानगरपालिकाले अनुरोध गरेको छ। यस्तै शिक्षा हासिल गर्न पाउने मौलिक हकको हनन् नहोस् भन्दै हेटौंडा उपमहानगरपालिकाका विद्यालयहरुमा नियमित पठनपाठनको क्रियाकलाप सुचारु गर्न विज्ञप्तिमा जनाइएको छ