हेटौंडाः बसामाडी जेसीआईको आयोजनामा स्व. लक्ष्मीमाया बज्राचार्यको स्मृतिमा जिल्लास्तरीय खुला रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असोज २४ गतेदेखि २७ गतेसम्म हुने बसामाडी जेसीआईका अध्यक्ष जनक भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगितमा जिल्लाको विभिन्न संघसंस्था, कलेज तथा क्लब गरी १५ वटा टिम सहभागी हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा भाग लिने समूहले असोज २२ गतेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । टिम दर्ता शुल्क एक हजार रहेको छ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले क्रमशः ६० हजार र ३० हजार नगदसहित शिल्ड र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने अन्य टिमका खेलाडीहरुले विधागत पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ४ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा स्वर्ण भण्डारले १ लाख ५० हजार प्रायोजन गरेको आयोजकले जनाएको छ ।