हेटौंडाः साहित्य संगम मकवानपुरको सल्लाहकारमा ५ जना चयन भएका छन् । साहित्य संगम मकवानपुरको नवनिर्वाचित कार्यसमितिको बिहीबार बसेको पहिलो बैठकले ५ जनालाई सल्लाहकार चयन गरेको हो ।
सल्लाहकारको रुपमा संगमका संस्थापक तुल्सी घिमिरे, संगमका पूर्वअध्यक्षहरु आरसी रिजाल, निमेष निखिल, श्यामकुमार बानियाँ र सुवास खनाल चयन हुनुभएको हो । यस्तै संगमले सञ्जित श्रेष्ठ र संप्रस पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।
बैठकले सचिव मनोज पोखरेललाई पुस्पलाल स्मृति पुस्तकालय प्रमुखको जिम्मेवारी प्रदान गरेको छ । यसैगरी संगमले असोज महिनाको दोस्रो शनिबार ३३५ औं नियमित साहित्य सन्ध्यामा रचना वाचन तथा २०७९ सालमा मकवानपुरबाट प्रकाशन/विमोचन भएका कृतिका कृतिकारलाई कृति सम्मान समर्पण गर्ने निर्णय गरेको संगमका अध्यक्ष डीबी बर्ताैलाले जानकारी दिनु भएको छ ।
संगमले अक्षयकोष निर्माण गर्ने र सम्पूर्ण साहित्यकार, साहित्यसेवी, समाजसेवी तथा इच्छुक सम्पूर्णमा स्वेच्छिकरुपमा सहयोग गर्र्ने निर्णय गरेको छ ।