हेटौँडाः हेटौँडा–१, भिन्तुनापथस्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सांघातिक आक्रमण गरेको विरोधमा मकवानपुरका चिकित्सकहरुले बहिरंग सेवा (ओपीडी) सेवा बन्द गरेका छन् । बुधबार बिहान १० बजेको समयमा एक समूहले डाक्टरहरुमाथि आक्रमण गरेका थिए ।
४ जना महिला र ८/१० जना पुरुषको एक समूहले सञ्चो हस्पिटलको एचडीयु वार्डमा विरामीलाई उपचार गरिरहेका डा. थापा र डा. विडारीमाथि सांघातिक आक्रमण गरेका हुन् । मकवानपुरका चिकित्सकले असुरक्षा भएको भन्दै ओपीडी सेवा बन्द गरेको एक चिकित्सकले जानकारी दिए । नेपाल चिकित्सक संघलाई घटनाको बारेमा जानकारी गराइएको र आन्दोलनका थप कार्यक्रम घोषणा हुने चिकित्सकको भनाइ छ ।