हेटौँडाः माध्यमिक तहको अध्यापन अनुमति पत्र प्राप्तिका लागि मकवानपुर जिल्लामा शनिबार ४ हजार ४ सय ६१ जनाले परीक्षा दिएका छन् । बागमती प्रदेशका विभिन्न जिल्लाका परीक्षार्थीका लागि १५ विद्यालयमा २४ वटा केन्द्र निर्धारण गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले परीक्षाको व्यवस्थापन गरेको थियो । इकाईकी अधिकृत उन्नति ढकालका अनुसार परीक्षामा सहभागी हुन ६ हजार २ सय ४० जनाले आवेदन दिएका थिए । शान्तिपूर्ण वातावरणमा परीक्षा सम्पन्न भएको ढकालले बताउनुभएको छ । इकाईले एउटै विद्यालयमा एउटादेखि तीनवटासम्म परीक्षा केन्द्र कायम गरेको थियो । परीक्षार्थीको सहजताका लागि शिक्षक सेवा आयोगले काठमाडौंमा पनि परीक्षा सञ्चालन गरेको थियो ।