हेटौंडाः नेपाली कांगे्रसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य शेखर कोइराला भोलि आइतबार हेटौंडा आउन लाग्नुभएको छ । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा कोइराला हेटौंडा आउन लाग्नुभएको बीपी विचार समाज मकवानपुरले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
बीपी विचार समाज मकवानपुरका उपाध्यक्ष प्रदीप कोइरालाले बीपीको जन्मजयन्तीको अवसरमा कोइरालाले हेटौंडा–११ मा रहेको बीपी बाटिकामा बीपीको शालिकको अनावरण गर्नुहुने बताउनुभयो । पत्रकार सम्मेलनको क्रममा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले बीपीको जन्मजयन्तीका अवसरमा पार्टीको निर्देशनअनुसार हरेका जिल्लामा कार्यक्रम हुने जानकारी गराउनुभयो । कोइराला नेपाली कांग्रेसको संस्थापक नेता भएकाले सुदृढ विचार बोकेर हिँड्ने व्यक्ति भएको लामाले बताउनुभयो । कोइराला आउँदा लोकतान्त्रिक विचार बोक्ने मकवानपुरको जनताका लागि फाइदा हुने उहाँले बताउनुभयो ।