दहाललाई नगद र सम्मानपत्रसहित सम्मान गरिँदै ।

हेटौंडाः नेपाल मानव अधिकार संगठन मकवानपुरद्वारा आयोजित छाँयादेवी स्मृति मानव अधिकार सम्मान–२०८० बाट संस्थापक अध्यक्ष कृष्णप्रसाद दहाल सम्मानित हुनुभएको छ । शुक्रबार संस्थाको सातौँ साधारणसभामा दहाललाई नगद ५ हजार र सम्मानपत्रसहित सम्मान गरेको संगठनका सभापति शर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।

साधारणसभामा महिलाविरुद्धको भेदभाव सम्बन्धमा प्रशिक्षणसहित सचेतना कार्यक्रम भएको थियो । कार्यक्रममा महिलाको हक अधिकार, समानताको लागि गर्नुपर्ने भूमिका र कानुनी व्यवस्थाबारे मानव अधिकार संगठन बागमती प्रदेश अध्यक्ष अप्सरा बस्नेतले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा आर्थिक प्रतिवेदन र अध्यक्षको प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रम संगठन अध्यक्ष शर्मिला श्रेष्ठको सभाध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा भएको हो ।