हेटौँडाः महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले हेटौँडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । तीज पर्वको सन्दर्भमा शुक्रबार बिहान वृद्धाश्रमलाई ७ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभयो ।
आश्रममा रहनु भएका वृद्धवृद्धालाई बिहानी खाजाको रुपमा दुध पाउरोटी वितरण गरिएको र खाद्यान्नमा चामल, दाल, नुन, तेल, चियापत्ति, आलु, गेडागुडीसँगै सरसफाईका लागि साबुन, सरफ, मन्जन सहयोग गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रम आँचलका कार्यसमिति पदाधिकारीको उपस्थित रहेको थियो । वृद्धाश्रममा २५ जना वृद्धवृद्धा आश्रित छन् । आँचलले तीज विशेषमा हरेक वर्ष फरक–फरक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।