उद्धारगरिएको पुरुषको तस्वीर ।

हेटौंडाः हेटौंडा—९, मयूरधापस्थित मानवसेवा आश्रमले भदौ महिनामा १० जनाको उद्दार गरेको छ । रात्रिकालीन सडक मानव सेवा कार्यक्रमअन्तर्गत् सडकमै जीवनयापन गरिरहेका सहयोगापेक्षी मानवको उद्दार गरिएको हो ।

भदौको १७ गतेसम्म उद्दार गरिएका मध्ये ७ जना महिला र ३ जना पुरुष रहेको मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । सोही अवधिमा ८ जनालाई परिवारमा पुनर्मिलन गरिएको उहाँले जानकारी दिनुभयो । ३ जना महिला, ४ जना पुरुष र एक जना बालकको पारिवारिक पुनर्मिलन गरिएको हो ।

सडकमा बेवारिसे अवस्थामा उद्दार गरिएका व्यक्तिहरुको परिवार पत्ता लागेपछि पारिवारिक पुनर्मिलन गर्ने गरिएको छ । आश्रमले छिमेकी देश भारतसम्मका व्यक्तिहरुको पारिवारिक पुनर्मिलन गर्दै आइरहेको जनाएको छ ।