कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामालाई राजीनामापत्र बुझाउनुहुँदै कुन्दनराज काफ्ले ।

हेटौँडाः बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिनुभएको छ । मंगलबार बागमती प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामालाई काफ्लेले राजीनामा बुझाउनुभएको हो ।

काफ्ले दोलाखा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । आफूले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, आफू निर्वाचित क्षेत्र दोलखाका जनसेवामा समय दिन नसकेकाले दोलखाको जनताको सेवाका लागि राजीनामा दिएको बताउनुभयो । केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको उहाँको भनाइ छ ।