हेटौँडाः महिलामाथि जबर्जस्तीकरणी गरेको अभियोगमा हेटौँडा–१ स्थित हेटौँडा सिटी हस्पिटलका सञ्चालक ३६ वर्षीय डा. बसिम राई पक्राउ परेका छन् ।
सोमबार राती साढे १० बजेको समयमा हेटौँडा–१ स्थित डा. राईको आफ्नै कोठामा आफूमाथि जबर्जस्तीकरणी गरेको भनी पीडित महिलाको उजुरीको आधारमा डा. राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रमुख सिताराम रिजालका अनुसार यसअघि पनि पटक–पटक जबर्जस्तीकरणीको प्रयास भएको भनी पीडित महिलाले प्रहरीलाई जानकारी दिएकी छिन् । प्रहरीले डा. राईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट अनुमति पाएको छ ।