हेटौंडाः हेटौंडा–८ कमानेको निमचोकमा भएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
मंगलबार भएको कार्यक्रममा ३ महिला र १८ पुरुषले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रम नेपाल रेड्क्रस सोसाइटी हेटौँडा–८ उपशाखाले आयोजना गरेको हो ।