हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–१५ रातोमाटे चेकपोष्टबाट लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
मंगलबार बेलुका करिब ९ बजेको समयमा चितवनबाट बिरगंजतर्फ जादै गरेको बा ४ ख ५९३७ नम्बरको यात्रु बाहक मिनी बसलाई रोकी चेक जाँच गर्ने क्रममा बसमा सवार बारा जिल्ला जितपुरसिमरा–८ का ५६ बर्षीय सिबनाथ सहनीको साथबाट १ किलो ९ सय ग्राम र सोहि ठाउँका ४५ बर्षीय मदन साहको साथबाट १ किलो ७ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुले गाँजालाई शरिरको छातिको वरीपरी भागमा डोरीले बाधी ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याईएको र बसलाई गन्तव्यतर्फ पठाईएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
