Home मुख्य समाचार बागमतीमा पुरुषको शव फेला

बागमतीमा पुरुषको शव फेला

गुगल तस्विर ।

हेटौंडाः बागमती गाउँपालिका–१ करौजेस्थित बागमती नदिको किनारमा पहिचान नखुलेको अन्दाजी ३५ बर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो १ः३० बजे शव फेला परेको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी बरिष्ठ नायब निरिक्षक अर्जुन देवकोटाको कमाण्डमा र प्रहरी चौकी शिवराईगाउबाट प्रहरीको मुचुल्का सहितको टोलि खटाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । शव सडेको अवस्थामा रहेको र नदिले बगाई ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Exit mobile version