Home अर्थ/व्यापार संघीय सरकारद्वारा मकवानपुरका स्थानीय तहलाई ३ अर्ब ७७ करोड ९८ लाख अनुदान

संघीय सरकारद्वारा मकवानपुरका स्थानीय तहलाई ३ अर्ब ७७ करोड ९८ लाख अनुदान

हेटौंडाः आगामी आर्थिक वर्ष २०७७/७८ का लागि संघीय सरकारले मकवानपुरका १० स्थानीय तहलाई ३ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ अनुदान दिने भएको छ । बिहिबार संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटअनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरण कार्यक्रमअनुसार मकवानपुरका १० स्थानीय तह मध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले ९८ करोड ८९ लाख रुपैयाँ पाउने भएको छ भने सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकाले २१ करोड ६ लाख रुपैयाँ पाउनेछ ।

मकवानपुरको थाहा नगरपालिकाले ४० करोड २१ लाख, बकैया गाउँपालिकाले ३८ करोड ८८ लाख, मकवानपुरगढी गाउँपालिकाले ३२ करोड ५९ लाख, मनहरी गाउँपालिकाले ३० करोड ९९ लाख, भीमफेदी गाउँपालिकाले ३० करोड ८७ लाख, बागमती गाउँपालिकाले ३० करोड ७८ लाख पाउने छ । यस्तै राक्सिराङ गाउँपालिकाले २७ करोड ९७ लाख र कैलाश गाउँपालिकाले २५ करोड ७४ लाख बजेट पाउनेछ ।

संघीय सरकारले स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ४ वर्गमा विभाजन गरी अनुदान दिने गर्दछ । यस्तै संघीय सरकारले बागमती प्रदेश सरकारलाई भने १४ अर्ब, ८६ करोड ९८ लाख रुपैयाँ अनुदान दिने भएको छ ।

Exit mobile version