हेटौँडाः मकवानपुर जिल्लाको दुईवटा संघीय निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्षेत्रीय समिति चयन गरेको छ । शनिबार पार्टी जिल्ला कार्यालयमा बसेको बैठकले जिल्लाको क्षेत्र नम्बर १ मा टाकाराज थापा र क्षेत्र नम्बर २ मा सञ्जीव पाठकलाई सभापति चयन गरेको पार्टी जिल्ला सभापति भरत पराजुलीले बताउनुभयो ।

बैठकले क्षेत्र नम्बर १ को उपसभापतिमा जगदिश दाहाल र सचिवमा किशोर अर्याल चयन हुनुभएको छ । शिवकुमारी पाठक र राधा बजगाईंलाई सदस्य चयन गरिएको छ । बैठकले क्षेत्र नम्बर २ को उपसभापतिमा सन्तोष बर्तौला र सचिवमा आशाकुमारी अधिकारीलाई चयन गरेको छ । सदस्यहरुमा राधिका सामरी र सन्दीपा डोटेललाई चयन गरेको छ । रास्वपाले मकवानपुरमा कैलाश गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाबाहेक अन्य पालिकाहरुमा पालिकास्तरीय समिति गठन गरिसकेको छ । बाँकी दुई पालिकामा केही दिनमै समितित गठन गरिने जिल्ला सभापति पराजुलीले बताउनुभयो ।