हेटौँडाः नगरस्तरीय चित्रकला प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका–७ की विपीका गौतम प्रथम हुनुभएको छ । शनिबार नगरस्तरीय बाल समूह सञ्जाल हेटौँडाको आयोजनामा भएको चित्रकला प्रतियोगितामा सहभागी १८ जना प्रतियोगीलाई उछिन्दै गौतम प्रथम हुनुभएको हो ।
प्रतियोगितामा हेटौँडा–२ की स्वस्ती शाक्य द्वितीय, हेटौँडा–१३ का समीर गोले तृतीय र हेटौंडा–६ का सुरज श्रेष्ठ सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
सञ्जालका अध्यक्ष सौरज देवकोटाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाका महिला तथा बाल विकास महाशाखाका प्रमुख विष्णुकुमारी लामिछाने, बालमैत्री नगर सम्पर्क व्यक्ति बिना ठिके, हेटौँडा–१२ का बालमैत्री सम्पर्कव्यक्ति गीता परियार, बालमैत्री नगर सहजकर्ता सपना ढुंगानालगायत वडाका बालमैत्री सहजकर्ताहरुको उपस्थिति रहेको थियो ।