हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न जारी लकडाउनमा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउनुपर्ने अति विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान गरिएको छ । चाइल्ड रेस्क्यु नेपालको आर्थिक सहयोगमा इस्थर बेन्जामिन स्मृति संस्थाले पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकासँग सहकार्य गरी न्युन आय भएका राक्सिराङ्गका २ सय परिवारलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।

संस्थाले २ सय परिवारलाई चामल ६ हजार किलो, दाल ४ सय किलो, तेल ४ सय लिटर, नुन ४ सय किलो, सरसफाईका सामग्री २ सय पाकेट प्रदान गरेको इस्थर बेन्जामिन स्मृति संस्थाका मकवानपुर कार्यक्रम व्यवस्थापक बुद्ध लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिपरिवार चामल ३० किलो, दाल २ किलो, तेल २ लिटर, नुन २ किलो, सरसफाईका सामग्री १ पाकेट प्रदान गरिएको थियो ।

त्यस्तै, राक्सिराङ्गको स्वास्थ्य संस्थालाई सेनिटाइजर २० लिटर, ह्याण्डवास १० लिटर, सर्जिकल ग्लोब्स १ हजार ५ सय वटा, सर्जिकल मास्क १ हजार ६ सय वटा प्रदान गरिएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डुङ लगायतको सहभागिता रहेको थियो ।