हेटौँडाः चितवनको भरतपुर महानगरपालिका–१०, बालमन्दिर नजिक छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीया रुपा सापकोटा रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
सापकोटा आफ्नै घरको छतबाट लड्दा घाइते भई उपचारका लागि नयाँ मेडिकल कलेज लगिएको थियो । सापकोटाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सापकोटाको शव अस्पतालबाट आफन्तले बुझी लगेको प्रहरीले जनाएको छ ।