सहकारीका व्यवस्थापक राजन श्रेष्ठ (दायाँ) लाई बीमालेख हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिकास्थित प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यको कोभिड–१९ बीमा गराएको छ । सहकारीले पहिलो चरणमा एक लाख रुपैयाँभन्दा बढी सेयर रकम भएका १७३ जना सदस्यको हेटौंडास्थित शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडमा बीमा गराएको हो । सहकारीले दोस्रो चरणमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म सेयर रकम भएका सदस्यको बीमा गराउने जनाएको छ ।

शिखर इन्स्योरेन्स कम्पनिको हेटौंडा शाखा प्रमुख प्रमोद पोखरेलले बुधबार सहकारीका व्यवस्थापक राजन श्रेष्ठलाई १७३ जनाको बीमालेख हस्तान्तरण गर्नुभएको थियो । सहकारीले एक लाख रुपैयाँ बराबरको बीमा गराएको हो । बीमा कम्पनिले एकजनाको बीमावापत ६ सय रुपैयाँ बीमा शूल्क निर्धारण गरेको छ ।