हेटौँडाः मकवानपुर प्रहरीले हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट २७ बोरा युरिया मल नियन्त्रणमा लिएको छ ।
शुक्रबार बिहान ६ बजेदेखि दिउँसो १ बजेर ५५ मिनेट समयमा उक्त चेकपोष्टमा यात्रुवाहक बसहरुलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा विभिन्न बसहरुको पछाडीको डिक्कीमा लुकाएर ल्याएको २७ बोरा युरिया मल वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । प्रहरीले अनुसान्धनका लागि उक्त मल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखेको छ । बसलाई भने गन्तव्यतर्फ पठाइएको जनाएको छ ।