हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–१, धियाँलडाँडामा ढुङगाले किचिएर ५१ वर्षीया रुपामाया लोको मृत्यु भएको छ ।
बकैया–१, विजयडाँडाकी लो मंगलबार दिउँसो २ बजेको समयमा धियाँलडाँडास्थित जंगलमा गाईभैंसी चराउन जाँदा ढुङ्गामा बसिरहेको बेला अचानक ढुङ्गा पल्टिएर सोहि ढुङ्गाले किची मृत्यु भएको प्रहरीले जनाएको छ । रुपामाया मृत अवस्थामा रहेको देखेर स्थानीयले मृतकलाई घरमा ल्याएको भन्ने खबर प्रहरीलाई प्राप्त भएपछि प्रहरी लोको घरमा पुगेको थियो । प्रहरीले शवलाई बुधबार बिहान हेटौँडा अस्पतालमा ल्याई पोष्टमार्टमको तयारी भइरहेको जनाएको छ ।