हेटौंडाः मकवानपुरमा २४ घण्टामा १६ जनामा डेंगु पुष्टि भएको छ । डेंगु हुने १५ जना हेटौंडा उपमहानगरपालिकाभित्रका छन् भने अन्य जिल्लाबाट एकजना रहेका छन् ।
मकवानपुरमा साउन महिनादेखि मंगलबारसम्म १ सय १४ जना र हेटौंडा उपमहानगरपालिकाभित्र ९८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र साउन महिनामा ४९ जना पुरुष र ४९ जना महिलामा डेंगु देखिएको जनस्वास्थ्य निर्देशनालयका सार्वजनिक स्वास्थ्य अधिकारी नवदीप सिलवालले जानकारी दिनुभयो ।
यस्तै, हेटौंडा अस्पतालमा मंगलबार ३६ जनाले डेंगु जाँच गराएका थिए । जाँच गराएका ३६ जनामध्ये ५ जनामा डेंगु देखिएको छ । ३ महिला र २ पुरुषमा डेंगु देखिएकोे हेटौंडा अस्पतालका प्रयोगशाला प्राविधिक राजकुमार शर्माले जानकारी दिनुभयो ।