अन्तरक्रियाको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री श्रेष्ठ ।

हेटौँडाः बागमती प्रदेश युवा परिषद् हेटौँडाले शनिबार २४ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । हरेक वर्ष अगष्ट १२ मा मनाइने उक्त दिवसको अवसरमा हेटौंडामा अन्तरक्रिया आयोजना गर्दै दिवस मनाएको हो ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यकारी उपाध्यक्ष चौलागाईँले युवा वर्गलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । युवा वर्गले नै आफ्नो उत्तरदायित्व र जिम्मेवारीलाई वहन गर्न नसके परिवर्तन र उपलब्धी सम्भव नहुने उहाँको भनाइ छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भारती पाठकको पनि आतिथ्य रहेको थियो ।