हेटौँडाः मकवानपुरमा २४ घण्टामा २ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु हुने दुबै जना हेटौँडा उपमहानगरपालिका भित्रका बासिन्दा रहेका छन् । साउन महिनामा मकवानपुरमा बुधबारसम्म ४६ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।
हेटौँडा उपमहानगरपालिका भित्र साउन महिनामा २० जना पुरुष र २२ जना महिलामा डेंगु देखिएको जनस्वास्थ्य निर्देशनालयका सार्वजनिक स्वास्थ्य अधिकारी नवदीप सिलवालले जानकारी दिनुभयो । यस्तै, हेटौंडा अस्पतालमा बुधबार ९३ जनाले डेंगु जाँच गराएका थिए । जाँच गराएका ९३ जना मध्ये ४ जनामा डेंगु देखिएको छ । जसमध्ये एक महिला र तीन पुरुष रहेको हेटौंडा अस्पतालका प्रयोगशाला प्राविधिक राजकुमार शर्माले जानकारी दिनुभयो ।