हेटौँडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिका–७ अधेरीमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीया करिश्मा लो रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार लोलाई आफ्नै घरमा सर्पले टोकेको थियो । लोलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ ।