गुगल फोटो ।

हेटौँडाः हेटौँडा–१५ स्थित रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले ९ किलोग्राम लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

क्राउ पर्नेमा धनुषा जिल्लाको महेन्द्रनगर नगरपालिका–१६ का १८ वर्षीय रबि कुमार महरा, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–९, रानीघाटका ३१ वर्षीय धनराज गिरी, मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–३ का ४५ वर्षीय बुद्धि लाल डिमडुङ र भारत सितामढीका २२ वर्षीय दिपक यादव रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बुधबार बिहान ११ बजेर ३० मिनेटको समयमा चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ८ ख ७३४६ नम्बरको बसलाई सुरक्षा गर्दा बसमा सवार उनीहरुको साथबाट ९ किलोग्राम लागुऔषध गाँजा फेला परेको थियो । लागुऔषध गाँजासहित ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।