हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बेलचोकमा रहेको मानवसेवा आश्रममा आश्रित एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुने अन्दाजी ५० वर्षीय पुरुष रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
प्रहरीले उद्दार गरी जेठ ३० गते शनिबार मानवसेवा आश्रममा पठाएका पुरुषको परिचय समेत खुल्न सकेको थिएन । मंगलबार साँझ ५ बजेर ४५ मिनेटको समयमा ती पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।