हेटौंडाः हेटौंडा अस्पतालमा डेंगु जाँच गराउने आउने बिरामीको संख्या बढेको छ । साउन महिना सुरु भएपछि अस्पतालमा ४३ जनाले डेंगु जाँच गराएका हुन् ।
साउन महिनाको चार दिनभित्रै ४३ जनाले डेंगु जाँच गराएको हेटौंडा अस्पतालका प्रयोगशाला प्राविधिक राजेन्द्र पौडेलले जानकारी दिनुभयो । अस्पतालमा जाँच गराएका ४३ जनाकै रिपोर्ट भने नेगेटिभ आएको उहाँले बताउनुभयो । डेंगु जाँच गराउने सबै मकवानपुर जिल्लाका रहेको पौडेलले बताउनुभयो ।
अहिले हेटौंडामा डेंगुको जटिल अवस्था देखिएको छैन । डेंगु संक्रमणको सम्भावनालाई बुझेर अस्पतालले तयारी गरिसकेको उहाँको भनाइ छ । कसैलाई डेंगु भएमा अघिल्ला वर्षजस्तो गाह्रो नहुने बताइएको छ ।
डेंगुबाट बच्न पूरै बाउला भएको लुगा लगाउने, लामखुट्टेबाट बच्ने तेल लगाउने, झुल हालेर सुत्ने गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । डेंगुको लक्षणहरु टाउको दुख्ने, जिउ दुख्ने, हाइब्रिड ज्वरो, दागहरु आउने रहेको छ । कसैलाई डेंगु संक्रमण भएमा प्रतिरक्षा बढाउने, आइसोलेसनमा बस्ने, औषधी खाने र लामखुट्टेलाई आपूmबाट संक्रमण हुन नदिनेतर्फ ध्यान दिनुपर्ने पौडेलले बताउनुभयो ।