हेटौंडाः मकवानपुर जिल्लाबाट ३ महिनामा साढे ६ हजार जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट २०८० वैशाखदेखि असारसम्म ६ हजार ५ सय ८९ जनाले राहदानी लिएका हुन् । पछिल्लो समय राहदानी लिनेको संख्या बढ्दै गएको छ । बैदेशिक रोजगारीमा जानेको संख्या पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
सोही अवधिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ४ हजार ४ सय ४८ जनाले नयाँ नागरिकता लिएका छन् । जसमा २ हजार ४१ जना पुरुष र २ हजार ४ सय ७ जना महिला छन् । ३ हजार २ सय २२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । कार्यालयबाट सोही अवधिमा ४ हजार एक सय ९८ पुरुष र २ हजार ९ सय ८२ जना महिलाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ । कार्यालयमा ४५ मुद्दा दर्ता भएकोमा ४२ वटा मुद्दा फैसला भएको छ । कार्यालयले १ सय ३१ जनालाई नाबालक परिचयपत्र वितरण गरेको छ । पछिल्लो ३ महिनाको अवधिमा कार्यालयले २ पटक कार्यालय अनुगमन र ५ पटक बजार अनुगमन गरेको छ ।
उक्त अवधिमा कार्यालयले ३ करोड ७६ लाख ९१ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले एक जनालाई १५ लाख ५४ हजार ५ सय ७८ रुपैयाँ बैदेशिक रोजगारी क्षतिपूर्ति प्रदान गरेको छ । यस्तै, विपद राहतवापत १२ जनालाई २ लाख ५ हजार, सवारी दुुर्घटना पीडितलाई क्षतिपूर्तिवापत ३ जनालाई १४ लाख ५० हजार र १३ जना द्वन्द्वपीडितलाई ५ लाख ७५ हजार रुपैयाँ राहत प्रदान गरेको छ । कार्यालयले उक्त अवधिमा चालुतर्फ ८० लाख ३ हजार रुपैयाँ र पुँजीगततर्फ ३ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ ।