विद्यार्थीलाई छात्रवृत्ति वितरण गरीदैको तस्वीर ।

हेटौंडाः मकवानपुरगढी–२ मा रहेको चण्डिका माध्यमिक विद्यालयका विद्यार्थीलाई बुधबार छात्रवृत्ति वितरण गरिएको छ । शैक्षिक सत्र २०७९ को छात्रा र दलित विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले जानकारी दिनुभयो ।

८० जना विद्यार्थीलाई प्रतिविद्यार्थी ४ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ । कक्षा–१ देखि ८ सम्मका छात्रा र दलित छात्र गरी ७३ जना र कक्षा–९ र १० का दलित छात्र ७ जनालाई छात्रवृत्ति वितरण गरिएको छ । ४४ हजार ८ सय रुपैयाँ छात्रवृत्ति वितरण गरिएको बताइएको छ ।

मकवानपुरपुगढी गाउँ शिक्षा समितिका सदस्य रामप्रसाद पुडासैनीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लामा गोलेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । विद्यालयमा ३ सय ९४ जना विद्यार्थी अध्ययनरत छन् ।