गुगल तस्विर ।

हेटौंडाः धादिङ र काभ्रेपलाञ्चोक जिल्लामा शनिबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर २ जना महिलाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मृत्यु हुनेमा धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–५, फ्याक्सेका २३ वर्षीया मुना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ आफ्नै घरको बाथरुममा नुहाउन गएको अवस्थामा बाथरुममा रहेको जस्तामा छुँदा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको हो । मुचुल्कापश्चात् पोष्टमार्टमको लागि श्रेष्ठको शव जिल्ला अस्पताल धादिङबेसीमा लगिएको प्रहरीले जनाएको छ ।

यस्तै, काभ्रेको बेथानचोक गाउँपालिका–४, राईडाँडा बस्ने ६५ वर्षीया मैना कोइरालाको करेन्ट लागेर मृत्यु भएको छ । कोइराला आफ्नै मकैबारीमा बँदेलले मकै खान्छ भनी २२० भोल्टको लाइनमा हुक लगाई बारीको बारमा नाङ्गो तार टाँगेको अवस्थामा सोही तार छुँदा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्कापश्चात् कोइरालाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लागिएको प्रहरीले जनाएको छ ।