हेटौँडाः हेटौँडा–१५, रातोमाटेमा रहेको जनजागृति माध्यमिक विद्यालयमा शुक्रबार भलिबल र गणित दौड प्रतियोगिता आयोजना गरिएको छ । कक्षा ८, ९ र १० का विद्यार्थीबीच भलिबल प्रतियोगिता भएको हो ।
५ वटा टिम बनाएर खेलाइएको प्रतियोगितामा कक्षा–१० विजेता बनेको छ । यस्तै, कक्षा–८ उपविजेता बनेको छ । कक्षा–४ देखि कक्षा ८ सम्मका विद्यार्थीबीच गणित दौड प्रतियोगिता भएको छ । प्रतियोगितामा २९ जना सहभागी थिए । विजेता विद्यार्थीलाई स्टेशनरी सामग्रीले पुरस्कृत गरिने जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव सञ्जेलले जानकारी दिनुभयो । विद्यालयमा ३ सय ४८ जना विद्यार्थी अध्ययनरत छन् ।