हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले सशस्त्र प्रहरी बलको मकवानपुर जिल्लास्थित रातोमाटे गणलाई पाँच सय थान मास्क सहयोग गर्नुभएको छ । वागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेता समेत रहनुभएका बानियाँले सशस्त्र प्रहरी बल मकवानपुरका प्रहरी उपरीक्षक विकास राज घिमिरेलाई मास्क हस्तान्तरण गर्नु भएको हो ।
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उल्लेख्य भूमिका रहेको भन्दै नेता बानियाँले प्रशंसा समेत गर्नुभएको छ ।