ल्यापटप प्रदान गनुहुदै अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी पाख्रिन ।

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पालिकाका २ जना विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ । शुक्रबार पालिकाको अनुदानमा मकवानपुरगढी–२ मा रहेको चण्डिका माध्यमिक विद्यालयबाट कक्षा–१२ को परीक्षा दिएका पवित्रा विश्वकर्मा र हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा वाणिज्य संकायको स्नातक दोस्रो वर्षमा अध्ययनरत छात्र मकवानपुरगढी–४ का सन्देश परियारलाई ल्यापटप सहयोग गरिएको हो ।

दलित वर्ग लक्षित कार्यक्रमअन्तर्गत् करिब एक लाख ४० हजार रुपैयाँको २ वटा ल्यापटप सहयोग गरिएको मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनले जानकारी दिनुभयो । कार्यक्रममा मकवानपुरगढीका अध्यक्ष दोर्जे लामा स्याङ्तानको उपस्थिति थियो ।