र्यालीमा सहभागिहरुको तस्वीर ।

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले सर्वोकृष्ट नतिजा निरन्तर हासिल गर्न सफल भएको भन्दै शुक्रबार हेटौंडामा बाजागाजासहित र्याली निकालेको छ । त्रिभुवन विश्वविद्यालयले बुधबार प्रकाशित गरेको बीबीए सातौं सेमेस्टरको नतिजामा मकवानपुर क्याम्पस नेपाल टप हुन सफल भएको खुशीयालीमा ¥याली निकालिएको हो ।

मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा श्रृृृष्टि महर्जनले ४ जीपीए ल्याई नेपाल टप गरेको बताइएको छ । क्याम्पसबाट एकैपटक क्रमशः नेपाल प्रथम, द्वितीय, तृतीय, सान्त्वना, पाचौं र छैटौं भई क्याम्पसकै इतिहासमा एउटा नौलो रेकर्ड कायम गरिएको भन्दै र्याली निकालेर खुशीयाली मनाइएको हो ।

मकवानपुर बहुमुखी क्याम्पसको प्रांगणबाट निकालिएको ¥याली लोकप्रिय होटल, बुद्धचोक, सीमाचोक र स्कूलरोड हुँदै क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो । मकवानपुरकै सबैभन्दा पुरानो क्याम्पसमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । बागमती प्रदेश सरकारका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख शंकर उपाध्यायको विशेष उपस्थितिमा ¥याली निकालिएको हो ।