बकैया गाउँपालिकाका शिक्षा अधिकृत आइतमान तामाङ ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाका शिक्षा अधिकृत आइतराम तामाङले आफ्नो जन्मदिन हेटौंडा–११ स्थित मामाघर नेपालमा पुगेर मनाउनुभएको छ । सोमबार मामाघर नेपालमा उपस्थित भई शिक्षा अधिकृत तामाङले १० हजार रुपैयाँ सहयोग गरेर आफ्नो जन्मदिन मनाउनु भएको हो ।

शिक्षा अधिकृत तामाङले यस अघि पनि मामाघरलाई सहयोग गर्दै आएको मामाघरका संरक्षक अपर्ण पराजुलीले बताउनुभयो । स्थानीयहरुको दान, जन्मदिन र विभिन्न संस्थाहरुको वार्षिककोत्सवमा गरिने सहयोगबाट नै मामाघर नेपालको व्यवस्थापन हुँदै आएको उहाँले बताउनुभयो ।

सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपालमा अहिले १८ जना बालबालिका रहेको संरक्षक पराजुलीले बताउनुभयो । मामाघरले हालसम्म २ सय ४ जना बालबालिकाको उद्धार गरी १ सय ७२ जना बालबालिकाको पारिवारिक पुनर्मिलन गराइसकेको छ ।