हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–२ आदर्शनगर सितलमा घरायसी विवादमा कुटपिट गर्दा एक जनाको वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थान बस्ने ७० वर्षीय दिल बहादुर परियार रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार बिहान ११ बजेर ४५ मिनेटको समयमा घरायसी विवाद हुँदा वृद्धको ४२ वर्षीय छोरा तेज बहादुर परियारले कुटपिट गर्दा घाइते भएका थिए । घाइते वृद्धलाई उपचारको लागि भरतपुर सरकारी हस्पिटल लगिएको थियो । उपचारको क्रममा वृद्ध परियारको मध्यान्न १२ बजेको समयमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । तेज बहादुरलाई नियन्त्रणमा लिर्य थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।